अढ्तीस बर्षपछि सञ्चालन भयो राजबिराज बसपार्क 

रामशंकर भण्डारी
राजबिराज, १५ जेठ  । १८ औं गणतन्त्र दिवसकाे अबसर पारेर ३८ वर्ष पछि विधिवत राजबिराज बसपार्क सञ्चालनमा आएको छ ।

 बिहीवार एक समारोह बिच राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले राजबिराज वडा २ स्थित राजबिराज बसपार्कको रिबन काटेर उद्‍घाटन गरेकी हुन् । बसपार्क संचालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको अस्तव्यस्त अवस्थामा सुधार आउने विश्वास गरिएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए । सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५१९ रुपियाँमा काम गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि २०७४ साल पुस १६ गते सम्झौता गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजबिराजले गत बैशाख २३ गते एक कार्यक्रम राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनलाई राजबिराज बसपार्क हस्तान्तरण गरेका थिए । बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा बाउन्ड्री वाल निर्माण गरिएको छ।

मैथिली साहित्य परिषद राजबिराजका अध्यक्ष अबधेश झाले धेरै प्रतीक्षा पछि नागरिक सपना पूरा भएकोले ब्यबस्थित तरिकाबाट यातायात का साधन सुचारू गर्न सरोकारवाला निकायलाई आग्रह गरे । राजबिराज नगरपालिका वडा २ का वडा अध्यक्ष अरूण कुमार यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, संघन सहरी तथा भवन डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र कुमार साह लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन रबिन्द्र साह तथा राजबिराज वडा ८ का वडा अध्यक्ष जय नारायण मण्डलले स्वागत मन्तब्य गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस