चैते धान खेती विस्तार गर्न रु‍. ३३ करोड बजेट

Saptari-Agriculture

काठमाण्डौ, १५ जेठ । तराई मधेशका जिल्लाहरुमा हुँदैआएको चैते धान खेती विस्तारका लागि सरकारले रु‍. ३३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विषयमा जानकारी दिएका हुन् । दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउनका लागि तराई मधेशका २२ जिल्लामा चैते धान उत्पादन कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

हाल हुँदै आएको चैते धान खेतीमा थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा रहेको मन्त्री पौडेलले बजेट वक्तब्यका क्रममा जानकारी दिएका छन् । उनका अनुसार चैते धान खेतीका लागि सिँचाई पूर्वाधार निर्माण गर्न रु‍.३३ करोड बजेट विनियोजन गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस