पछिल्लो २४ घण्टामा १३४३ कोरोना संक्रमित थपिदा २१११ निको भए

जनकपुरधाम, १८ मंसिर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विहिवार १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस