राजविराज जेसीजद्वारा कारागारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइयो

राजविराज, १९ मंसिर । राजविराज जेसीजले शुक्रवार सप्तरीस्थित राजविराज कारागारका कैदीबन्दी, प्रहरी र कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जेसीज सप्ताहको दोस्रो दिनको कार्यक्रम अन्तर्गत राजविराज कारागारका कैदीबन्दी, प्रहरी र कर्मचारीहरुलाई स्यानिटाइजर, सेनेटरी प्याड र मास्क उपलब्ध गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई सो सामाग्री हस्तान्तरण गरेका छन् ।

१० लिटर स्यानिटाइजर, ४ कार्टुन मास्क र ४० पोका सेनेटरी प्याड लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिए । महासचिव एवम् जेसीज सप्ताह मूल समारोह समितिका संयोजक खेलानन्द दासद्वारा सञ्चालिन कार्यक्रमका संयोजक तातेडले स्वागत गरे ।

सामुहिक रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष मीना साहले आस्था पाठ गरिन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायतको उपस्थिती थियो । राजविराज कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदीबन्दी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780