सुनसरी र मोरङबाट लागुऔषधसहित ३ जना पक्राउ

विराटनगर, १९ मंसिर । सुनसरी र मोरङबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट बिहिवार स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान–११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

घर कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ३६ थान डाईलेक्स–डिसी, ७२ क्याप्सुल स्पास्मोप्रोक्सिवन प्लस, ६ थान नाईट्रोसम ट्याब्लेट र २९ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको जनाएको छ ।

दुवै जनमाथि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी, मोरङको कटहरी गाउँपालिका–१ बाट सोही गाउँपालिका–३ का २० बर्षीय अनुकेत माझीलाई लागुऔषध सहित गरिएको छ ।

उनको साथबाट प्रहरीले ५ सय थान नाईट्राभेट ट्याब्लेट र ७ बोतल डाईलक्स डिसी बोतल बरामद भएको हो । माझीमाथित पनि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस