ब्राउनसुगरसहित २ जना पक्राउ

विराटनगर, १९ मंसिर । झापाको दुई स्थानमा नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिवार दिउँसो खटिएको प्रहरी टोलीले उनीहरुले पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–५ बाट ९ दशमलव ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको छ । यसैगरी, अर्जुनधारा नगरपालिका–९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका–२ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरिएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस