कम्मरमा कटुवा पेस्तोल भिरेर मदिरा सेवन गरिरहेका मण्डल पक्राउ

विराटनगर, २० मंसिर । कम्मरमा कटुवा पेस्तोल भिरेर मदिरा सेवन गरिरहेका एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयले युवकको कम्मरमा पेस्तोल देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

खबर पाएसँगै पुगेको प्रहरीले शुक्रवार दिउँसो सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डललाई पेस्तोलसहित पक्राउ गरेको हो ।

सुनवर्षीको झँगी चौकबाट पक्राउ गरिएको मण्डलको साथबाट एक थान कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार ३२५ रुपैयाँ नगद र मोबाइल बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार मण्डलले भारतबाट बिक्रीका लागि पेस्तोल ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपी, यहाँ हतियार कसलाई बेच्ने विषयमा नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस