पूर्व मन्त्री गिरी समर्थक समूहद्वारा ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन

लहान, २४ मंसिर । पूर्व मन्त्री सरिता गिरी समर्थक समूहले चिनको विरोध गर्दै सिरहाको लहान नगरपालिकामा बुधवार प्रदर्शन गरेको छ ।

स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्रङ्गणबाट निकालिएको विरोध र्याली बजार परिक्रमा गरेको छ । ‘गो ब्याक चाइना’, ‘चिनियाँ सरकार नेपालको दलमा हस्तक्षेप बन्द गर’ लगायतका प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

र्यालीपछि कोणसभाको आयोजना गरिने र सभामा सरिता गिरीले सम्वोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस