जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

राजविराज, २९ मंसिर। सप्तरी र सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट सोमवार दुई जनाको मृत्यु भएको छ ।

हात्तीले लखेट्ने क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ दौलतपुर का ७० वर्षीय सीताराम साहको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका उनी पिसाब फेर्न विहान उठेको अवस्थामा दुई ओटा वटा जङ्गली हात्तीले लखेटेपछि भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ६ सुकुम्बासी टोलका ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस