नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

जनकपुरधाम, २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८४२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको स्वास्थ्य मन्त्रालयको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस