नेपाली कांग्रेसद्वारा सप्तरीसहित देशैभरि सरकार विरुद्ध प्रदर्शन

 

राजविराज, २९ मंसिर । वर्तमान सरकारको कार्यशैली विरुद्ध नेपाली कांग्रेसले राजधानी काठमाण्डौसहित देशका ७७ ओटै जिल्लामा सोमवार प्रदर्शन गरेको ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला समितिहरुले प्रदर्शन गरेको हो । जिल्ला समितिहरुले सदरमुकामहरुमा भव्य प्रदर्शन गरेका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले हेटौडामा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गरेका छन् ।

यसैगरी काठमाडौंमा आयोजित विरोध सभामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कैलालीको धनगढीमा यूवा नेता गगन थापा, कञ्चनपुरको महेन्द्रनगरमा प्रदीप पौडेल, अछाममा एनपी साउद सहितका नेताहरुले विरोध सभामा सम्बोधन गरेका छन् ।

संघीय संसदको बैठक अविलम्ब बोलाउनपर्ने, सरकार निरन्तर रूपमा दमन, भ्रष्टाचार र कोभिड १९ को व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार व्यापक रुपमा बढेको, बेथिति मौलाएको, सरकार अधिनायकवादी चिन्तनबाट ग्रसित भएको भन्दै पार्टीका नेताहरुले विरोध जनाएका छन् ।

यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा समेत राजविराजमा वृहत प्रदर्शन गरिएको छ । स्थानीय राजरंगशालाबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै शहिद दशन चौकमा पुगेर सभामा परिणत भएको थियो ।

पार्टीका जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सभामा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री चित्रलेखा यादव पूर्व राजदूत डा. सुरेश चालिसे, पूर्वमन्त्री हेमराज तातेड, पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरी, पूर्व सासद सकलदेव सुतिहार, जिल्ला सचिव रामकुमार यादव लगायतले सम्बोधन गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस