विश्वभर २ करोड १३ लाखबढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम । विश्वभर एकै दिन ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ४६ हजार ७५६ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस सँगै विश्वभर कोरोना संक्रमित संख्या ७ करोड ७१ लाख ६९ लाख ३९१ पुगेको छ । जसमध्ये हालसम्म ५ करोड ४० लाख ८८ हजार ४८३ जना निको भइसकेका छन् । हाल विश्वभर २ करोड १३ लाख ८१ हजार ३४८ जना कोरोना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ६ हजार ३०८ जनाको स्वास्थ्य अवस्था जटिल छ ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ९४१ जनाको मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ९९ हजार ५६० पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस