लागुऔषध सहित दुई जना पक्राउ

 

सुनसरी, ६ पुस । सुनसरीको भोक्राहा नर्सिङ ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोक्राहा नरसिङ ३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका २ का ३७ बर्षीय सुरज राम रहेका छन् । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका दुबैजनालाई विहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला परी बरामद गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कार्वाही अगाडि बढाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस