‘सार्वभौम सत्ता जनतामा निहित छ’

अधिवक्ता रामनारायण देव

२०१७ साल पौष १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारका प्रधानमन्त्री बि.पी.कोइराला लगायत मन्त्री, सांसद सबैलाई गिरफ्तार गरि जन निर्वाचित सार्वभौम संसद पनि बिघटन गरे । त्यति मात्र नगरि २००७ सालको जनक्रान्तिबाट ल्याएको संसदीय प्रजातन्त्रलाई हत्या गरि निर्दलिय निरंकुश पंचायती ब्यबस्था लादे ।

सशस्त्र क्रान्तिबाट सात सालमा ल्याएको प्रजातन्त्रलाई राजाले एक सनकमा हत्या गरि दिए । मानौ प्रजातन्त्र राजाको बपौती सम्पति थियो । धारा ५५ को गलत प्रयोग गरेर राजाले जसरी सेना लगाएर कू, गरे । त्यो कूनै पनि हालत मा जायज मान्न सकिदैन । त्यो कदमलाई पुर्ब पञ्च, मण्डले र दरबारीयाहरुले जतिसुकै राष्ट्रियताको बहानामा जायज ठहर्याए पनि विश्वले मान्न तैयार छैन ।

राजाको त्यो असंबैधानिक हरकतले अन्त्वगत्वा राजतन्त्र नै समाप्त भएर गणतन्त्र आयो । राजाले संबैधानिक राजतन्त्र भित्र बस्न चाहदैन । यो विगतमा ज्ञानेन्द्रलाई पनि देखिसक्यो । २०१७ सालमा प्रजातन्त्रको हत्या गरिएकाले नै प्रजातन्त्र स्थायित्व हुन सकेनन । प्रजातन्त्र को बिकल्प प्रजातन्त्र नै हो ।

सरकार र नेताको भ्रष्टाचार र गलत आचरणले लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्नु भएन । राजा आउ देश बचाउ, न भनि जनता आउ देश बचाउ भन्नु उचित हुन्छ । किनभने सार्वभौम सत्ता जनतामा निहित छ । जनता भन्दा राजा ठुला होइन । त्यसर्थ नेपाली जनताले आफ्नो शक्ति बुझ्नु पर्यो ।

कतिले भन्न थालेका छन् । राजा आउ देश बचाउ, न भई राजा आउ दास बनाउ भन्न थालेका छन् । यो पोष्ट तथाकथित मण्डले राष्ट्रबाद लाई न राम्रा लाग्ला । तर, के गर्ने मनको बहलाई पोख्नै पर्याे ।
(राजनीतिक विष्लेशक रामनारायण देवको फेसबुक वालबाट साभार)

Author:



क्याटोगरी छान्‍नुहोस