बैशाखमा चुनाव हुनेवाला छैन, देश अँध्यारो सुरूंगमा फसिस्क्यो : डा.भट्टराई

जनकपुरधाम, ६ पौष । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद् विघटन गरेपछि वैशाखमा १७ र २७ गते गरी दुई चरणमा चुनाव गर्ने तोकिएको छ ।

सोमवार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरूंगमा फसिस्क्यो ।’

उनले संवैधानिक कानूनी उपचारको पनि भर पर्नसक्नेमा शंका व्यक्त गर्दै यसको दिगो उपचार राजनतिक नै रहेको उल्लेख गरेका छन् । ‘संवैधानिक\कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न । दिगो उपचार राजनीतिक नै होः १.संगठित\एकिकृत\सशक्त जनप्रतिरोध, २.प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग, हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)’

Author:



क्याटोगरी छान्‍नुहोस