चमार कल्याण समाज साउदी अरबद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

जनकपुरधाम, ६ पौष । चमार कल्याण समाज साउदी अरबले महोतरीको बर्दिबास नगरपालिका–९ का एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

समाजले मृगौला पीडित सुरेश महरालाई आर्थिक सहयोग गरेको हो । समाज साउदी अरबका संयोजक सुरेन्द्र महरा, जितेन्द्र महरा र विजय रामको पहलमा पीडित महरालाई १७ हजार १ सय रुपैयाँ उपलब्ध गराएको छ ।

समाज मोहत्तरीका अध्यक्ष ईन्जिनियर लक्ष्मण रामले महराको घरमै पुगेर सो रकम हस्तान्तरण गरेका हुन् । परिवारजनका अनुसार सुरेशको दुईवटै मृगौलामा समस्या देखिएको छ । आर्थिक अभावका कारण उपचार गराउन समस्या झेल्दै आएका सुरेशलाई अहिले परिवारको गुजारा चलाउन समेत कठिन भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस