राजविराज, ६ पौष । नेपाल मधेशी निजामति कर्मचारी मञ्च सप्तरीको पुर्नरगठन भएको छ । जिल्ला कार्य समितिको सोमवार बसेको बैठकबाट मञ्च सप्तरीको अध्यक्ष पदमा पुनः अजयकुमार झालाई नै सर्वसम्मतले चयन गरिएको छ ।
समितिको उपाध्यक्षहरुमा मनोजकुमार यादव, रुन्दीलाल यादव, धनराज मण्डल, राजु कुमार झा, बब्लु अग्रहरी र छेदी साफी चयन भएका छन् । यसैगरी समितिको सचिवमा कामेश्वर प्रसाद रोहिता, सह–सचिवहरुमा वेचन सढोक यादव, राकेश कुमार झा, मुसहरु यादव रघुनन्दन मिश्र र अमरेन्द्र गोइत छन् ।
यसैगरी सदस्यहरुमा जयनारायण यादव, महावीर सिंह, पंकज कुमार मिश्र, माधव यादव, रामनारायण भगत, दिपेन्द्र चौधरी र दिपेन्द्र कुमार झा, चन्द्र भुषण देव, राम सागर यादव र हिरानन्द झा सर्वसम्मतले चयन भएको जनाएको छ ।
समितिको सल्लाहकारमा गंगाराम मण्डल छन् । यसअघि अध्यक्ष झाकै अध्यक्षतामा समितिको बैठक आयोजना गरिएको थियो ।
#Ajaya Kumar Jha #अजयकुमार झा #नेपाल मधेशी निजामति कर्मचारी मञ्च