देशलाई निकास दिन ताजा जनादेशमा जाने निष्कर्षमा पुगेँः प्रम ओली

काठमाण्डौ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुद्वारा देशलाई अनन्त अस्थिरतातर्फ फँसाउने काम भईरहेकोले निकासकालागि संसद विघटन गरी ताजा जनादेशमा जाने निष्कर्षमा पुगेको बताएका छन् ।

देशवासीका नाममा सोमवार सम्बोधन गर्दै उनले नयाँ जनादेशको सार्वभौम अधिकार जनतामा निहित रहेकोले संसद बिघटन गरी निर्वाचनमा जानुपरेको बताए । सत्तापक्षकै नेताहरु प्रतिपक्ष भन्दा पनि बढी आक्रामक देखिएको तथा हरेक पाइलामा असहयोग नै गरेको प्रष्ट्याउँदै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ‘निर्वाचन घोषणाले पार्टी थप बलियो हुनेछ, पुनरावेदन गर्ने सार्वभौम जनता हो, यसले लोकतन्त्रलाई थप बलियो बनाउँछ ।’

पार्टी, प्रतिपक्षसहित सम्पूर्णलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै ओलीले संसद विघटनको विषय भ्रमहरु फैलाउने काम भईरहेकोले त्यसमा विश्वस्त नहुन आह्वान गरे । संसदलाई अर्थहिन तुल्याएपछि जनता समक्ष निरासा उत्पन्न हुँदै गएको जानकारी दिँदै उनले सम्बोधनमा भने ‘बाधा अवरोधहरु पन्छाउँदै देश र जनताको हितमा काम गर्दैआएको थिएँ, सरकारलाई सहज रुपमा काम गर्न नदिई अवरोध पुर्याउने कामहरु भईरह्यो, राम्रोसँग सरकार चल्न दिएन ।’

संवैधानिक अंग तथा आयोगहरुमा लामो समयदेखि नियुक्ति गर्न नपाएकोले काम गर्न आफुलाई असहजता भएको बताउँदै ओलीले केही नेताहरुले पार्टी अध्यक्ष र संसदीय दलका नेतासम्मलाई जानकारी नदिई आरोप पत्र ल्याएपछि त्यसलाई फिर्ता लिन पुष्पकमल दाहाललगायतका नेताहरुलाई आग्रह गरे पनि कुनै वास्ता नगरेपछि बाध्य भएर संसद विघटन गरी नयाँ जनादेशकालागि निर्वाचनको बाटो रोजेको उनले बताए । आफुले प्रधानमन्त्री पद सम्हालेपछि राष्ट्रिय स्वाधिनता, शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्नुकासाथै विखण्डनवादी गतिविधिलाई मूलधारमा ल्याउन सफल भएको ओलीले दावी गरे ।

‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वातावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद् विघटन मेरो निजी रोजाइ होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प¥यो ।’

पार्टीलाई थप बलियो बनाउन आफुले महाधिवेशनबाट अध्यक्ष पद त्याग्ने निष्कर्षमा पुगी सरकार केन्द्रित भएर काम गर्दै जाँदा पनि असहयोग भएको उनले आरोप लगाए । महाधिवेशनालागि पार्टीका नेताहरुले कुनै पनि गतिविधि नगरी सरकारकै विरोध मात्र गरिरहेको भन्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा असन्तुष्टि व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780