राजविराज, ६ पुस । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले पुस ८ गते एक साथ देशैभरिका सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा बिघटन विरुद्ध देशव्यापी र्यालीसहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त विरोध प्रदर्शन सम्पूर्ण पार्टी पंक्ति तथा आम नागरिकलाई सहभागिताकालागि आह्वान गरेको छ । पुस ७ गते बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।