डा.भट्टराईले मागे राष्ट्रपतिको राजीनामा

जनकपुरधाम, ६ पौष । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पदको दुर्दशा भएको आरोप लगाउँदै राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा मागेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बाँकी भए राजीनामा दिएर बिदा हुन राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति पदको दुर्दशा ! महामहिम, स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बाँकी भए राजीनामा दिएर विदा हुनोस् !’

Author:



क्याटोगरी छान्‍नुहोस