नौ महिनापछि खुल्दै सिनेमाघरहरुः खुशी भईन् नायिका केकी

 

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै करिब ९ महिनादेखि बन्द रहेको सिनेमाघरहरु शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ ।

संक्रमणको जोखिम कम हुँदै गएपछि लामो समयदेखि बन्द रहेको सिनेमाघरहरु सञ्चालनमा आउने भएको हो । सिनेमाहलहरु सञ्चालन आउन लागेकोमा चर्चित नायिका केकी अधिकारीले खुशी व्यक्त गर्दै फेसबुकमा आफ्ना भावना पोखेकी छिन् ।

नायिका केकीले यस्तो लेखेकी छिन्ः चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो । मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आषिशको मूल थलो धेरै समय देखि बन्द थियो । यो शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरु खुल्दैछन्। थोरै भावुक छु । थोरै पुलकित छु ।

जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु। त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुुबेर स्तब्ध भई सुँक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु । चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ । सूरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ ।

दुई नेपाली चलचित्रहरु आमा र सेन्टिभाईरस पुनः प्रदर्शन हुँदैछ । सबैले सक्दो सहयोग गरिदिनुहोला ।

Author:



क्याटोगरी छान्‍नुहोस