मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ (सूचीसहित)

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रीहरुलाई संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

संविधानतः मन्त्री हुनका लागि संसद् सदस्य अनिवार्य मानिएको छ । संसद् सदस्य हुन नसकेमा ६ महिनाभित्रमा संसद् सदस्य हुनुपर्ने प्रावधान रहेको छ ।

नयाँ मन्त्रीको सूची र पुराना मन्त्रीको कार्यविभाजन
क्र.सं.                            नाम/थर                                        पदनाम कार्यविभाजन

१. केपी शर्मा ओली-प्रधानमन्त्री रक्षा

२. ईश्वर पोखरेल- उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. रामबहादुर थापा- मन्त्री गृह

४. टोपबहादुर रायमाझी-मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई

५. विष्णुप्रसाद पौडेल-मन्त्री अर्थ

६. प्रदीपकुमार ज्ञवाली-मन्त्री परराष्ट्र

७. हृदयेश त्रिपाठी-मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

८. लेखराज भट्ट-मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

९. कृष्णगोपाल श्रेष्ठ-मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

१०. प्रभु साह-मन्त्री सहरी विकास

११. भानुभक्त ढकाल-मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१२. मणिचन्द्र थापा-मन्त्री खानेपानी

१३. पद्माकुमारी अर्याल-मन्त्री कृषि तथा पशुपन्छी विकास

१४. वसन्तकुमार नेम्वाङ्ग-मन्त्री भौतिक पूर्वाधार तथा यातायात

१५. गौरीशंकर चौधरी-मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१६. पार्वत गुरुङ-मन्त्री सञ्चार तथा सूचना प्रविधि

१७. डा. शिवमाया तुम्बाहाङफे-मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१८. लिलानाथ श्रेष्ठ-मन्त्री कानून, न्याय तथा संसदीय मामिला

१८. गणेशसिंह ठगुन्ना-मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन

२०. प्रेमबहादुर आले-मन्त्री वन तथा वातावरण

२१. जुलीकुमारी महतो-मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

२२. दावा लामा तामाङ-मन्त्री युवा तथा खेलकुद

२३. नवराज रावत-राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

२४. रामबिर मानन्धर-राज्यमन्त्री सहरी विकास

२५. विमला वि.क.-राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780