प्रधानमन्त्री ओलीद्वारा पाँच मन्त्री नियुक्त, श्रम मन्त्रालयको जिम्मेवारीमा प्रभु साह

जनकपुरधाम, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । संसद विघटनपछि ७ जनामन्त्रीले सामुहिक राजीनामा दिएका थिए । रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले ५ जनालाई मन्त्री बनाएका हुन् ।

जसअनुसार ऊर्जामा टोपबहादुर रायमाझी, पर्यटनमा मणि थापा, श्रममा प्रभु साह, शिक्षामा दावा लामा र खानेपानी मन्त्रीमा गौरिशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

नयाँ मन्त्रीहरुको शपथ ग्रहण अहिले ७ बजे शीतल निवासमा हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस