मुख्यमन्त्री राउत र प्रदेश समितिद्वारा शोक व्यक्त

राजविराज, ११ पौष । प्रदेश सभाका दुई जना सदस्यलाई पितृ तथा मातृशोक परेकोप्रति प्रदेश २ का मुख्यमन्त्री र जनता समाजवादी पार्टीले छुट्टा छुट्टै शोक समवेदना जारी गर्दै समवेदना प्रकट गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले शोक समवेदना जारी गर्दै जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश समिति सदस्य एवम् पर्सा जिल्लाका पार्टी ईन्चार्ज तथा प्रदेश सभा सदस्य सिंहासन सा कलवारका पिता हरिलाल साह कलवारको ८५ वर्षको उमेरमा मिति पौष ८ गते बुधवार निधन भएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यसैगरी जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश समिति सदस्य एवम् धनुषा जिल्लाका पार्टी ईन्चार्ज तथा प्रदेश सभा सदस्य रामअशिस यादवका आमा दौलतिया देवीको ९५ वर्षको उमेरमा निधन भएकोमा मुख्यमन्त्री राउतले मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

यसैगरी जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले समेत शुक्रवारै शोक समवेदना जारी गर्दै पार्टीका तर्फबाट निर्वाचित सांसद य सिंहासन सा कलवारका पिता हरिलाल साह कलवार र पार्टीका मधेश प्रदेश समिति सदस्य एवम् धनुषा जिल्लाका पार्टी ईन्चार्ज तथा प्रदेश सभा सदस्य रामअशिस यादवकी आमा दौलतिया देवीको निधनमा शोक व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकन्तप्त सांसदद्वय एवम् परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस