दिवङ्गत चालक परिवारलाई अस्पतालको सहयोगः रकम, रोजगारी र पढाई खर्च

राजविराज, ११ पुस । गत मंसिर २३ गते अल्पआयुमै निधन भएका गजेन्द्रनारायण सिंह अस्पतालका सवारी चालक रुपनी गाउँपालिकाका छोटेलाल यादवको परिवारलाई शनिवार सहयोग उपलब्ध गराईएको छ ।

अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले रुपनी गाउँपालिका वडा नम्वर १ रुपनी पुगेर मृतक परिवारलाई सहयोग उपलब्ध गराएका हुन् । दिवङ्गत परिवारलाई अस्पतालका सम्पूर्ण कर्मचारीहरुबाट सङ्कलन गरिएको दुई दिनको तलब वापतको दुई लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

उक्त अवसरमा निमित मेसुले व्यक्तिगततर्फ बाट बच्चाहरुलाई स्कुल पढ्न लाग्ने वर्षेनी खर्च तथा शैक्षिक सामग्री उपलब्ध गराउने र मृतक पत्नीलाई अस्पतालमा जागिरको ब्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, अस्पतालका डा.दिपा यादव, नेकपाका युवा नेता दुर्गानन्द ठाकुर, अस्पतालका अन्य कर्मचारी समेतको उपस्थिति थियोे ।

Author:



क्याटोगरी छान्‍नुहोस