अमिन र सर्भेक्षक पदमा ३ सय ७२ कर्मचारी माग (विस्तृत हेर्नुहोस्)

राजविराज, ११ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभागले सर्वेक्षक र अमिन पदकालागी कर्मचारी माग गरेको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका लागि आयोगको क्षेत्राधिकार भित्रका स्थानीय तहहरुमा काम गर्नका करार सेवामा कर्मचारी मागेको हो । पुस १० गते प्रकाशित सुचनाका अनुसार सर्वेक्षक पदमा १ सय ३० जना र अमिन पदमा २ सय ४२ जना आवश्यकता रहेको छ ।

नापी विभाग, भिनभवनको वेवसाइट [email protected] बाट दरखास्त फारम पाउन सकिने जनाइएको छ । पुष २४ गतेभित्र नापी विभाग भिनभवन, नापी कार्यालय मोरङ्ग विराटनगर, नापी कार्यालय धनुषा, नापी कार्यालय मकवानपुर, नापी कार्यालय कास्की पोखरा, नापी कार्यालय रुपन्देही भैरहवा, नापी कार्यालय सर्खेत र नापी कार्यालय कैलाली धनगढीमा दरखास्त फारम बुझाउन सकिने सुचनामा उल्लेख छ ।

विस्तृत हेर्नुहोस्

 

Author:



क्याटोगरी छान्‍नुहोस