गायक केशवको घुँघटामे चाँद म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस्)

 

राजविराज । मिथिला क्षेत्रका चर्चित गायक केशव कर्णद्वारा स्वरवद्ध नयाँ मैथिली म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

घुँघटामे चाँद नामक उक्त म्युजिक भिडियोमा प्रविण यादव र प्रियंका सिंहले मोडलिङ्ग गरेका छन् । मकसुदन चौधरीको गीत रचना रहेको घुँघटामे चाँद नामक म्युजिक भिडियोको निर्देशक संदिप मण्डलले गरेका छन् ।

उक्त म्युजिक भिडियोको छायाङ्कन संजिव यादवले गरेको गायक कर्णले जानकारी दिएका छन् । सिद्वार्थ सिधु कोरियोग्राफर रहेको म्युजिक भिडियो स्टार केशव युट्युब च्यानलबाट रिलिज गरिएको छ । सुमधुर स्वरका धनी केशवकै सङ्गीत रहेको यो म्युजिक भिडियो दर्शकहरुले औधी मन पराउने उनको अपेक्षा रहेको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस