जनकपुरधाम । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।
सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको भन्दै उनलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।
नेपालको संविधानको धारा १६२ को उपधारा २(ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरिएको बताइएको छ । मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।