नौ महिनापछि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुल्दै

जनकपुरधाम । कोभिड–१९ महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै पौष १४ गते (आउँदो मंगलबार)बाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन खुल्ने जनाएको छ ।

नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य सम्वन्धी मापदण्डहरु परिपालन गरी लाइसेन्स वितरणका लागि अनलाइन आवेदन खुला गरिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस