प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

जनकपुरधाम, १२ पौष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतवार अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको जनाएको छ ।

नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव गराएका हुन् । मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई प्रस्ताव गरिएको बताइएको छ ।

९३ सदस्यीय प्रदेशसभामा पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ गरी नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना छन् ।

दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको दाबी गर्दै आएका थिए । मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरेका थिए । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।

यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गराएका थिए । यसैगरी मन्त्रीसहित दुई जना राज्यमन्त्रीले राजीनामा दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780