जसपाद्वारा बृहत प्रदर्शन

राजविराज, १२ पौष । प्रतिनिधिसभा विघठनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरीमा बृहत प्रदर्शन गरेको छ । जसपा केन्द्रीय समितिको निर्णयअनुसार आइतवार सदरमुकाम राजविराजमा बृहत प्रदर्शन गरेको हो ।

स्थानीय शिव मन्दिर परिसरमा सयौंको संख्यामा भेला भएका पार्टीआवद्ध नेता/कार्यकताहरु बजारभरि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ का सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सदस्य अशोककुमार यादव, प्रदेशका मुख्यसचिव शम्भु झा, प्रदेश सचिव दिनेश कुमार यादव लगायतका नेता/कार्यकर्ताहरुको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस