मा.वि. सितापुर भुर्कीमा अभिभावक भेला सम्पन्नः अध्यक्षमा कुशेश्वर

 

राजविराज, १६ पुस । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका स्थित सुदनवती, फुलमन्ती, देविलाल जनता माध्यमिक विद्यालय सितापुर भुर्कीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कुशेश्वर प्रसाद चौधरीलाई चयन गरिएको छ ।

विद्यालयमा विहिवार आयोजित अभिभावक भेलाले चौधरीलाई आगामी ४ बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विद्यालय व्यवस्थापन समिति गठनकालागि विद्यालयद्वारा आयोजित अभिभावक भेलामा दुई जनाले अध्यक्षमा नामवली दिएका थिए । अर्का अध्यक्षमा प्रत्यासी भिखन चौधरीले कुशेश्वर प्रसाद चलागीलाई समर्थन गरेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएको अभिभावक सुर्यमान तामाङले जानकारी दिएका छन् ।

यसैगरी समितिको खुल्लातर्फबाट सुमिन्त्रा देवी चौधरी र समावेशी कोटाबाट बबिता देवी राम चयन भएकी छिन् । गाउँपालिका शिक्षा नियमाबली २०७४ अनुसार अभिभावक मध्येबाट अध्यक्ष सहित एक महिला र एक दलित गरि ३ जना प्रत्येक्ष निर्वाचनबाट बिधालय ब्यबस्थापन समिती गठन गर्नुपर्ने ब्यवस्था छ । कुल ११ सदस्य रहने समितिमा बिधालयका प्रधानाध्यापक सदस्य सचिब, अभिभावक संघका अध्यक्ष, शिक्षा शाखाका प्रतिनिधि सहित अन्य पदेन सदस्य रहने शिक्षा निमावालीमा उल्लेख छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा आयोजित भेलामा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा योजना अधिकृत योगेन्द्र प्रसाद यादवले शुभकामना मन्तब्य व्यक्त गर्दै अभिभावक भेलालाई महत्वको साथ लिन आग्रह गरे । उनले विद्यालयको विकास तथा बालबालिकाको भाग्य भविष्यको योजना अभिभावक भेलाले तय गर्ने बताए । यादवले गाउँपालिकामा नयाँ नियमाबली बने संगै प्रथम पटक मा.वि. सितापुर भुर्किले विद्यालय ब्यबस्थापन समिति गठन सर्वसम्मतद्वारा गरेकोमा खुशी व्यक्त गरे ।

उनले यसबाट गाउँपालिकाका अन्य विद्यालयले पनि प्रेरणा लिएर समिति गठन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जनता राष्ट्रिय प्राथमिक विद्यालय भुर्कीका प्रधानाध्यापक रामतला देवी साह, आधारभुत विद्यालय हरिहरपुरका शिक्षक सुभाष कुमार चौधरी, कुशेश्वर प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । विद्यालयका सहायक प्रधानाध्यापक कुलानन्द प्रसाद चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दुर्गानन्द चौधरीले गरे । भेलामा प्रधानाध्यापक चौधरीले आ ब २०७६÷०७७ को आय–व्यय समेत प्रस्तुत गरे ।

 

Author:



क्याटोगरी छान्‍नुहोस