सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षकमाथि भ्रष्टाचारको मुद्दा दायर

राजविराज, १६ पुस । सप्तरीबाट घुस रकमसहित पक्राउ परेका एक प्रहरी नायब निरीक्षकमाथि विहिवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर कानुमाथि ५० हजार रुपैयाँ बिगो माग गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

प्रहरी नायब निरीक्षक कानुले पक्राउ गरिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस रकम माग गरेका थिए । उजुरीको आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कानुलाई सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

कानुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले सोही ऐनको खण्ड (ख) बमोजिम ५० हजार रुपैयाँ विगो कायम सजाय माग दाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस