लौनियाँमा जनमत पार्टीको अधिवेशनः नयाँ कार्यसमिति चयन

राजविराज, १६ पुस । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको लौनियाँमा प्रथम वडा अधिवेशन बुधवार सम्पन्न भएको छ ।

जनमत पार्टी तिलाठी कोइलाडी गाउँपालिकाद्वारा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँको ग्राम देवता थान स्थित जनमत पार्टीको अधिवेशन आयोजना गरिएको हो । गाउँपालिकाका संयोजक शुशिल कुमार मण्डलको अध्यक्षता तथा जनमत पार्टीको केन्द्रीय सदस्य सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा जनमत पार्टीको प्रथम वडा कार्यक्रम आयोजना गरिएको हो ।

राजनितीको इतिहासलाई हेर्दा मधेश र मधेशी समुदाय अहिलेसम्म राजनितिको शिकार मात्रै हुदै आएको कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीले बताए । सोही कार्यक्रममा गठन भएका वडा समितिका कार्यक्रताहरुलाई शुभकामना दिदै तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष खगेन्द्र कुमार मण्डलले शुभकामना दिँदै मधेका १८ जिल्लालाई ८ जिल्लामा पारी मधेशको अतिक्रमण भएको दुखेसो सुनाए ।

अधिवेशनबाट अध्यक्षमा रामचरित्र मण्डल, उपाध्यक्षमा मनोज कुमार मण्डल, महिला उपाध्यक्षमा अनिता देवी मण्डल, सचिवमा राजाराम मण्डल, सह–सचिवमा राम खंग खत्वे, कोषाध्यक्षमा सुभाष मण्डललाई चयन गरिएको छ । यसै गरि मन्जु देवी मुखिया, विमला देवी राम, भुटनी देवी मण्डल, सुन्दर कुमार राम र सुशील मण्डललाई सदस्यको जिम्मेवारी दिएको छ ।

स्थानीय पञ्चेश्वर मण्डलले सञ्चालन गरिएको कार्यक्रममा अजय कुमार मण्डलले स्वागत मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस