प्रदेश १ संसदीय दलको नेतामा दाहाल–नेपाल समूहको भीमप्रसाद आचार्य चयन

विराटनगर । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– नेपाल समूहले राईलाई कारबाही गर्दै दलको नेतामा आचार्यलाई चयन गरेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । संसदीय दलभित्र पनि अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट निष्कासन गरी भीम आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

पत्रमा ३६ जनाको हस्ताक्षर छ । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780