मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

जनकपुरधाम । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (विहिवार) सुनुवाइ हुँदैछ । संसद् विघटनपछि मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आजका लागि तोकिएको हो । पुस १३ गते परेको सो रिटलाई बुधवार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।

संसद विघटनपछि केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780