आज ४२६ जनामा कोरोना संक्रमण पुष्टि, ७४८ जना निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ४२६ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार २२५ जनामा पिसिआर परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस