नेकां सप्तरीको पदाधिकारीमा लोकतान्त्रिकका सात जना

राजविराज, २१ पुस । नेपाली कांग्रेस सप्तरीले तत्कालिन फोरम लोकतान्त्रिकबाट आएका पाँच जनालाई जिल्ला कार्यसमितिको पदाधिकारीमा राख्ने निर्णय गरेको छ ।

जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उनीहरुलाई जिल्ला कार्यसमितिमा ल्याउने निर्णय गरेको हो । उपसभापतिमा प्रभुनारायण चौधरी, सह–सचिवमा दीपक कुमार गुप्ता तथा सदस्यमा मुन्ना कुमारी पोखरेल, विजुली प्रसाद चौधरी, सुलोचना साह, हुलसित यादव र जल्पना सरदारलाई राखिएको पार्टीका जिल्ला प्रबक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त बैठकले अर्का सह–सचिवमा सतिशचन्द्र झालाई राख्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारीको बैठकले नेपाल प्रेस यूनियन, शाखा सप्तरीको कार्यालय बनाउन पार्टी कार्यालयको छत प्रयाग गर्न दिइने निर्णय पनि गरेको छ । यूनियन, कार्यसमितिले कार्यालय निर्माणका लागि छत प्रयोग गर्न दिन केही दिन अगाडि निवेदन दिएको थियो ।

बैठकले आगामी पुस २५ गते संसद विघटनबिरुद्व हुने प्रदेश निर्वाचन क्षेत्रस्तरीय प्रदर्शनमा सहभागिताकालागि अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस