लुटपाटमा संलग्न दुई जना पक्राउ

सुनसरी, २१ पौष । ईनरुवा नगरपालिका वडा नम्वर २ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवाइल लुटपाट गरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।

पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका वडा नम्वर ९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवाइल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका वडा नम्वर ५ घर भई ईनरुवा नगरपालिका १ मा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका वडा नम्वर ५ सप्तरी घर भई ईनरुवा नगरपालिका वडा नम्वर १ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ गते पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस