महेश-संगीता दम्पति बने बेसहारा डोम परिवारको सहारा

लहान, २४ पुस । आर्थिक अभावका कारण जण्डिसको उपचार गराउन नसकेर निधन भएका जितेन्द्र मरिक (डोम) परिवारले सहारा पाएका छन् । सिरहाको लहान नगरपालिका–४ का मरिकको ३५ वर्षकै उमेरमा निधन भएपछि मरिक परिवार नै विच्चलीमा परेको बेला लहानका महेश चौधरी र संगीता कर्माचार्य दम्पति सहारा बनेका हुन् ।

डोम परिवारको समस्याबारे खबर पाएसँगै नेपाली काँग्रेसको नेताद्वय दम्पतिले पिडितको घरमै क्रिया भोजदेखि मरिकका बालबालिकालाई कक्षा १० सम्म पढाउने जिम्मेवारी बोकेका छन् । ‘पिडित परिवारको समस्या हेरेर अत्यन्त दुखित तुल्याएको छ’ चौधरीले भने–‘केही हदसम्म उहाँहरुलाई राहत होस् भन्ने भावले तत्काललाई क्रिया खर्च र भोज भतेरकासाथ बालबालिकालाई हामी पढाउँछौं ।’

हामीबाट हुनसक्ने अन्य सहयोग पनि गर्ने दम्पतिले प्रतिवद्धता जनाए ।

सहयोग पाएपछि पिडित परिवारले दम्पतीलाई धन्यवाद दिएकी छिन् । ‘समाजलाई क्रिया भोज नखुवाउनेलाई जातबाट नै निकाल्ने परम्परा हाम्रो डोम समाजमा रहेकाले आफु थप तनावमा थिए’ मृतककी पत्नी अभाले भनिन्–‘यस्तो परिस्थितीमा उहाँहरुले हामीमाथि ठुलो गुण लगाएको छ ।’

लामो समयदेखि जण्डिसले पिडित बन्न पुगेका मरिकको गत पुस १० उनकै निवासमा मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस