नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

झापा, २४ पौष । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

विहिवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्वर १४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका वडा नम्वर ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका वडा नम्वर ९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका वडा नम्वर १० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका वडा नम्वर १ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस