नेकपा सप्तरीले प्रधानमन्त्रीलाई पठायो विरोध–पत्र

राजविराज, २४ पुस । संसद विघटनको निर्णय अलिम्ब सच्याउन माग गर्दै आन्दोलनरत सप्तरी स्थित नेकपा प्रचण्ड–माधव समूहद्वारा शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाईएको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) जिल्ला कमिटी अध्यक्ष अमर मण्डलको नेतृत्वमा विरोध पत्र पठाईएको हो । प्रतिनिधि सभा विघटन सम्वन्धी निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उक्त निर्णय फिर्ता लिएर प्रतिनिधि सभाको अधिवेशन यथासिघ्र बोलाई संसदीय मर्यादा कायम गर्दै विधिको शासन पुर्नस्थापित गर्न आग्रह गरिएको छ ।

विरोधपत्र मार्फत गरिएको जनभावनालाई नजरअन्दाज गरी अलोकतान्त्रिक मार्गमा हिँड्दा उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवारी नेपाल सरकार स्वयम् हुने उल्लेख छ ।
विरोधपत्र बुझाउने कार्यक्रममा प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्यौपाने, नेता महेश यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस