फरार अभियुक्तहरु पक्राउ गर्ने कार्यमा सप्तरी प्रहरीलाई उच्च सफलता

 

राजविराज, २४ पुस । विभिन्न मुद्दामा जिल्ला अदालतबाट फैसला भई सजाय पाएकाहरुलाई पक्राउ गर्ने कार्यमा जिल्ला प्रहरी कायालय सप्तरीले उच्च सफलता पाएको छ ।

प्रहरी कार्यालय राजविराजमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले साउनदेखि पुस महिनासम्म ३ सय ९७ जनालाई हालसम्म पक्राउ गरिएको जानकारी दिएका छन् । उनीहरुमाथि कुल कैद भुक्तान ६० वर्ष ९ महिना २२ दिन रहेको तथा कुल १० लाख ९८ हजार ३ सय २५ रुपैयाँ जरिवाना ताकिएको थियो । उनका अनुसार असोज महिनामा २ सय ५ जना पक्राउ परेका छन् । उनीहरुको २८ वर्ष ६ महिना ४ दिन कैद तथा ६ लाख ३० हजार २ सय ८२ रुपैयाँ जरिवाना असुली भएको जनाईएको छ ।

कार्तिक महिनामा तीन जना पक्राउ परेको तथा एक हजार ५ सय, मंसिर महिनामा १ सय ४८ जना पक्राउ परेको तथा ७ वर्ष ४ महिना १४ दिन कैद तथा २ लाख ३५ हजार ९ सय ३४ रुपैयाँ जरिवाना रहेको प्रहरी उपरीक्षक धमलाले बताए । उनका अनुसार पुस महिनामा अदालतबाट कैद सजाय पाएका ४१ जनालाई पक्राउ गरिएको तथा उनीहरुमाथि ७ वर्ष ४ महिना १४ दिन र २ लाख ३० हजार ६ सय ९ रुपैयाँ जरिवाना रहेको थियो ।

अदालतबाट विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना सुनाईए पनि अभियुक्तहरु फरार रहेको अवस्थामा कानून पालना गराउने कार्यमा आफुहरुले अग्रसरताका साथ अगाडि बढेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आफुहरु दैनिक कार्य सम्पादनसँगै अदालतको आदेश कार्यान्वयन गराउने कार्यलाई प्राथमिकताकासाथ अगाडि बढ्दै लगिने प्रतिवद्धता व्यक्त गरे ।
अदालतको फैसलाबाट कैद सजाय पाएका अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यमा सम्भवतः सप्तरी प्रहरीले उच्च सफलता पाएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780