सप्तरीमा विद्युतीय धरापमा परेर जंगली हात्तीको ज्यान गयो

राजविराज, २५ पुस । सप्तरीको खडक नगरपालिका–४ अमहामा विद्युतीय धरापमा परेर एक जंगली हात्तीको ज्यान गएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको विद्युतीय धरापमा परेर ज्यान गएको हो ।

स्थानीयहरुले गहुँ बाली खेती जोगाउनका लागि प्रवाह गरेको करेन्ट लागेर गए राति साढे ११ बजे हात्तीको ज्यान गएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए ।

वन्यजन्तु आरक्ष र प्रहरीको रोहवरमा सो हात्तीको व्यवस्थापन गर्ने कार्य भइरहेको उनले मधेशलाइभलाई बताए ।

यो पनिः

जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

Author:



क्याटोगरी छान्‍नुहोस