नेकपा ओली समूहद्वारा पुनः केन्द्रीय कमिटी विस्तार, सदस्य संख्या १५०१ पुग्यो

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुनः केन्द्रीय कमिटी विस्तार गरेको छ । यससँगै ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । गत पुस ९ गतेमा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो ।

गत ७ पुसमा प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न यस समूहको केन्द्रीय कमिटी बैठकले पहिलो पटक विधान संशोधन गर्दै साबिक ४४६ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सय सदस्यीय बनाएको थियो ।

मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ ।

यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पु¥याएका थिए । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ । केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिइएको छ । तर, कसैलाई नहटाउने नीति लिन पनि निर्देशन जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस