लागुऔषध ब्राउसुगर सहित चार जना पक्राउ

मोरङ, २७ पुस । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित चार जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका वडा नम्वर १० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित हनुमाननगर कंकालिनी नगरपालिका ६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरीक २२ बर्षीय मोहम्बद अफरोजलाई पक्राउ गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साढे ७ बजे रतुवामाई नगरपालिका १० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका ३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस