जनकपुरधाम उप–महानगरपालिकाले मनायो पत्रकार उमाको स्मृति दिवस

जनकपुरधाम, २७ पुस । जनकपुरधाम उप–महानगरपालिकाले दिवङ्गत पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस सोमवार मनाएको छ ।

उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निड्डर पत्रकार गुमाएको भन्दै दुःख व्यक्त गरे । जनताकालागि निर्भिकतापूर्वक कलम चलाउने पत्रकार सिंहको विभत्स हत्या हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै समाजले होनहार व्यक्तित्व गुमाएको उनले टिप्पणी गरे ।

पत्रकारहरुकालागि मेयर साहले गत बर्ष पाँच लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका थिए । यस बर्षदेखि विधिवत रुपमा उक्त कोष सञ्चालनमा आएको उनले जानकारी दिए । कोषबाट प्राप्त हुने व्याज रकमबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने मेयर साहले बताए ।

पत्रकार उमा सिंह सिरहा निवासी रहे पनि जनकपुरधाममा रहेर पत्रकारिता गर्दैआएका थिए । सोही क्रममा उनको २०६५ पौष २७ गते हत्या भएको थियो ।

तस्विरः राजधानी जनकपुर/फेसबुक पेज

Author:



क्याटोगरी छान्‍नुहोस