नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १ हजार ९२७ पुग्यो

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा सोमवार थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९२७ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस