कीर्तिनिधि विष्ट अध्ययन केन्द्रको स्थापना

काठमाडौं, २२ माघ । नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यकासाथ ‘कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’को स्थापना गरिएको छ ।

प्रा.डा.सुदर्शनराज तिवारीको अध्यक्षतामा गठित ‘कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’का उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्यसचिवमा नरेन्द्रराज प्रसाई रहेका छन् । सदस्यहरूमा प्रा.डा.मोहन लोहनी, जनरल (अ.प्रा.) दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहेका छन् ।

कीर्तिनिधि विष्ट अध्ययन केन्द्रले पूर्वप्रधानमन्त्री विष्टका छोरा डा.विनोद विष्टलाई संरक्षकमा मनोनित गरेको छ । देशभक्त राजनेता कीर्तिनिधि विष्टका स्मृतिमा गठित सो केन्द्रले जनउपयोगी कृत्यहरू गर्नुका अतिरिक्त आर्थिक राजनीतिक तथा सामाजिक क्षेत्रका व्यवहारिक विषयमा तालिम, प्रशिक्षण दिने उद्देश्य राखेको छ ।

नेपाल सरकारका आवधिक योजना र कार्यक्रमआदिको मूल्याङ्कन समेत गर्नुका साथै नेपालको जलश्रोत व्यवस्थापन र सुरक्षाको अवधारणामा केन्द्रित भई विविध कार्य गर्ने यस संस्थाको प्रमुख उद्देश्य रहेको अध्ययन केन्द्रका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस