राजविराजमा बजाज मोटरसाइकलको अत्याधुनिक सर्भिसिङ्ग सेन्टर

राजविराज, २२ माघ । खान अटोमोबाइल एण्ड ईलेक्ट्रोनिक प्रा.लि.ले सप्तरीको राजविराज वडा नम्वर ३ मा यो क्षेत्रकै अत्याधुनिक बजाज मोटरसाइकलको सर्भिसिङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ ।

विहीबार आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन गरी बजाज कम्पनीको मोटरसाइकल सर्भिसिङ्ग सेन्टर सञ्चालनमा ल्याईएको हो । हंसराज हुलासचन्द्र एण्ड कम्पनी अन्तर्गतको बजाज मोटरसाइकलका म्यानेजर योगेन्द्र गुरुङ्ग र खान ईलेक्ट्रोनिकका प्रोप्राइटर कलिम खानले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

राजविराज नगरपालिका वडा नम्वर ६ मा रहेको शो रुमको पछाडिपट्टी सर्भिसिङ्ग सेन्टर रहेकोमा बजाज मोटरसाइकल प्रयोगकर्ता अत्यधिक भएकोले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर छुट्टै अत्याधुनिक सर्भिसिङ्ग सेन्टर सञ्चालनमा ल्याएको प्रोप्राइटर खानले जानकारी दिएका छन् । उनका अनुसार हाल सञ्चालनमा ल्याएको उक्त सेन्टरमा अत्याधुनिक मेसिनबाट दक्ष प्राविधिकबाट मोटरसाइकलको सर्भिसिङ्ग गरिनेछ । सेन्टरमा एकैपटक सात ओटा मोटरसाइकल सर्भिसिङ्ग गरिनुका साथै ग्राहकहरुलाई बस्नकालागि छुट्टै सुविधासम्पन्न कक्ष तथा हेल्मेट राख्ने कक्ष समेत राखिएको प्रोप्राइटर कलिम खानले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस